play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्न पाउने

0

जेठ २। सन्दीप लामिछानेले वेष्ट इन्डिजविरुद्ध विश्व ११ टिमबाट खेल्न पाउने भएका छन् । आईसीसीले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा सन्दीपले आगामी मे ३१ तारिखमा इंग्ल्याण्डको लडर्स्मा हुने वेष्ट इन्डिजविरुद्धको खेलमा खेल्ने उल्लेख गरेको हो ।बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै विश्व ११ टिमबाट आफ्नो नाम फिर्ता लिएपछि उनको स्थानमा सन्दीपले मौका पाएका हुन् । सन्दीप रहेको विश्व ११ टिमको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गनले गर्दैछन् ।
टिममा सन्दीपसँगै साहिद अफ्रिदी, तमिम इक्वाल, रासिद खान, सोयब मलिक, दिनेश कार्तीक, मिचेल म्याक्लागन, हार्दिक पाण्डे, थिसारा परेरा र लुकी रोन्ची रहेका छन् ।१७ वर्षीय सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलिरहेका छन् । सन्दीपले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध आईपीएलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा नै उनले ४ ओभर बलिङ गर्दै मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए ।

Share.

Leave A Reply