play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

BIG BREAKING NEWS : एमाले–माओवादीबीच भोलि नै पार्टी एकताको घोषणा हुदै

0

जेठ २, मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।२०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । केही नाटकीय घटनाक्रम विकसित भएन भने भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हँदैछ ।उच्च राजनीतिक स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । तर, आमसभा चाहिँ भने केही दिनपछि गरिनेछ ।आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो । आज विहानको वान टू वान बैठकपछि ओली र प्रचण्डले हर्षित मुद्रामा फोटो खिचाएका थिए ।
पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् ।यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् ओली र प्रचण्डको वान टु वान वार्ताले भोली १० बजे एकता संयोजन समितिको बैठक बोलाएको छ । पछिल्लो पटक वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि टरेको थियो । त्यसपछि नेताहरूबीच दूरी बढ्दै गएको थियो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता थप भाँडिएको सन्देश नजाओस् भनेर दुवै पार्टीका नेताहरूले एकतामा जोड दिएका छन् ।मोदी दुई दिने भ्रमण सकेर फर्केपछि दुई पार्टीका अध्यक्ष ओली प्रचण्डबीच एकताका विषयमा कुराकानी भएको बताइएको छ ।नेताहरूले अब पार्टी एकतामा सप्र्राइज दिने भन्ने खालको अभिव्यक्ति दिँदै आएका थिए । यद्यपि यसअघि पटक–पटक उनीहरूले एकताको नजिक पुगेको बताए पनि अन्तिम समयमा केही न केही समस्या वा विवाद देखिने गरेको थियो । पछिल्लो पटक प्रधानमन्त्री केपी ओलीले गरेको एक ट्विटले ओली र प्रचण्डबीच देखिने गरी दूरी बढेको थियो ।

Share.

Leave A Reply