play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

ओली र मोदीले उद्घाटन गरेकाे बस अयोध्याबाट फर्केपछि थन्कियो,नियमित बस चल्न ६ महिना लाग्ने

0

२ जेठ, जनकपुरबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर अयोध्या पठाएको यात्रुवाहक बस अनिश्चितकालका लागि थन्किएको छ । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बससेवा नियमित सन्चालन हुन कम्तिमा ६ महिना कुर्नुपर्ने सरकारी अधिकारीहरुले बताएका छन् ।गत चैत २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले जनकपुर-अयोध्या सीधा बस सेवा र रामायण सर्किटको घोषणा गरेका थिए । प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोजसिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर फर्किएपछि थन्किएको हो ।
रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्गमा जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बससेवा रोकिएको हो । बस सेवा सन्चालनका लागि आवश्यक प्राबिधिक प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सीधा बस नियमित सन्चालन हुन नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।भ्ाौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थलहरु लगायतका प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सन्चालन हुने बताए । त्यसका लागि दुवै देशको संयुक्त कमिटी बैठक बस्न लागेको समेत उनले जानकारी दिए ।दुवै देशका प्रधानमन्त्री भेट हुने अवसर बिरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सन्चालन गरिएको मन्त्रालयलले जनाएको छ । माता सीताको जन्मस्थल जनकपुर र भगवान रामको जन्मस्थल अयोध्यालाई जोड्न दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको घोषणासमेत गरिसकेका छन् ।बससेवा रामायण सर्किट हुँदै सन्चालन गर्नुपर्ने भएकाले पनि रुट तय गर्न संयुक्त कमिटी बैठक बस्न लागेको हो । रामायण सर्किटमा कुन-कुन स्थल जोडिने भन्ने तय हुन बाँकी छ । प्रधानमन्त्री ओलीले सीताको जन्मस्थल जनकपुर, रामले धनुष भाँचेको धनुषाधाम, बाल्मिकी आश्रम त्रिवेणीलाई रामायण सर्किटमा जोड्ने बताएका छन् ।

Share.

Leave A Reply