play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

कावासोतीमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

0

जेठ २ । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका थापाको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्व—पश्चिम राजमार्गमा बिग्रिएर रोकिएको लु१ख ५३८४ नम्बरको ट्रकको पछाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु१६प २८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा सो दुर्घटना भएको थियो ।सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय दण्डबहादुर पुन गम्भीर घाइते भएका छन् । उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । (रासस)

Share.

Leave A Reply