play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

भोलि दासढुंगामा मदन भण्डारीको स्मृतिमा कार्यक्रम गरिने

0

जेठ २- नेकपा एमाले चितवनले भोलि दासढुंगामा मदन भण्डारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको स्थान दासढुंगामा कार्यक्रम गर्न लागिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार बिहान ८ बजेका लागि कार्यक्रम तय गरिएको छ ।२०५० साल जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप रहस्यमय ढंगबाट दासढुंगास्थित त्रिशुली नदीमा खसेको थियो । आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।
पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उनी सवार जीपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए ।चालक अमर लामाको २०५९ सालमा अज्ञात समुहले राजधानीमा हत्या गरिसकेको छ ।ताप्लेजुङको हाङदेवामा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते भण्डारीको जन्म भएको होउनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) राजनीतिमा अघि बढ्दै आईरहेको छ ।

Share.

Leave A Reply