play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

आइपिएल अन्तर्गत आज मुम्बईले पञ्जाबको सामना गर्ने,राजस्थानमाथि कोलकाताको सहज जित

0

जेठ २ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजपनि १ वटा खेल हुनेभएको छ आज राति सवा ८ बजेबाट सुरु हुने खेलमा मुम्बई इन्डियन्सले किङ्स ईलेभेन पञ्जाबको सामना गर्ने छ मुम्बईले अहिले सम्म खेलेका १२ वटा खेलमा ५ मा जित र ७ मा हार बेहोर्दै अंकतालिकाको छैटौ स्थानमा रहदा समान खेल नै खेलेको पन्जाबले ६ मा जित र ६ मा हार बेहोर्दै अंकतालिकाको पाचौ स्थानमा रहेको छ प्लेअफ़मा पुग्नको लागि दुवै टिमलाइ आज जित्ने पर्ने दबाब रहेको छ
यसैबीच गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।१ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य पार गर्‍यो ।लिग चरणको एक खेल मात्रै बाँकी रहँदा अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताको १४ अंक भएको छ ।१२-१२ अंक जोडेका राजस्थान र पञ्जाब क्रमशः चौथो तथा पाँचौ स्थानमा रहेका छन् ।
शिर्ष दुई स्थानमा रहेका सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स यसअघि नैं प्ले अफ् चरणमा पुगिसकेका छन् ।प्ले अफ्मा पुग्ने थप २ टोलीको टुंगो भने अन्तिम चरणका खेलहरुपछि लाग्ने भएको छ ।हिजोको खेलमा कोलकाताविरुद्ध पहिले व्याटिङ गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो ।जवाफमा १ सय ४३ रनको मध्यम चुनौती पार गर्नेक्रममा कोलकाताका कप्तान दीनेश कार्तिकले अविजित ४१ रन तथा सुरुवाती व्याट्सम्यान क्रिस लिनले ४५ रनको योगदान दिए ।

Share.

Leave A Reply