play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा बैशाख महिनामा २८ दुर्घटनामा परि ९ जनाको ज्यान गयो

0

जेठ १ । चितवनमा एकै महिनामा २८ दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएको छ ।२०७५ वैशाख महिनामा जिल्लामा भएका साना तथा ठूला २८ वटा दुर्घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् ।जिल्ला ट्राफिक कार्यालय चितवनले दिएको जानकारी अनुुसार ती दुर्घटनामा ७४ जना घाईते भएका छन् ।यो गत वर्षको वैशाखमा भन्दा मृत्यु हुनेको संख्यामा कमी आएको छ भने दुर्घटना संख्या बढेको देखिन्छ ।गत वर्ष २०७४ को वैशाख महिनामा २३ वटा मात्रै दुर्घटना भएका थिए भने सो दुर्घटनामा परी १३ जनाले ज्यान गुमाएका थिए ।यस्तै दुर्घटनामा ४८ जना मात्रै घाईते भएका थिए । चालु आर्थिक वर्ष २०७४÷७५ को वैशाख सम्ममा २ सय २३ सवारी दुर्घटनामा परेका छन् । ती दुर्घटनामा परी १०६ जनाको मृत्यु भएको छ भने ४४५ जना घाईते भएका छन् ।
यस्तै ट्राफिक प्रहरीले वैशाख महिनामा मापसेका ७८ र ४ हजार ५ सय ५० वटा अन्य सवारीलाई कारवाही गर्दै ३२ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।गत वर्षको वैशाखमा भने मापसेका ९० र अन्य ३ हजार ५ सय सवारीलाई कारवाही गर्दै २४ लाख ८६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो ।ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०७४÷७५ को वैशाख सम्ममा मापसे र अन्य सवारीलाई कारवाही गर्दै दुई करोड ५७ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरि सकेको छ ।

Share.

Leave A Reply