play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

इन्द्रपुरीमा जेठ २३ गतेबाट जिल्ला स्तरीय फुटसल प्रतियोगिता हुने

0

जेठ १– पश्चिम चितवनको इन्द्रपुरीमा जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगीता हुने भएको छ । जनकल्याण यूवा क्लव भरतपुर–६, इन्द्रपुरीले आफ्नो ३६ औं वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगीता गर्न लागेको हो ।श्री माध्यामिक विद्यालय इन्द्रपुरीको खेल मैदानमा जेठ २३ गतेबाट २६ गते सम्म खेल संचालन हुने जनकल्याण यूवा क्लवका अध्यक्ष अरुण श्रेष्ठले बताउनु भयो । उहाँले फुटसल खेललाई व्यवसायीकरण गर्दै यसको विकास र प्रवद्र्धनका लागि प्रतियोगीता गरिएको बताउनुभयो ।


जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगीता विजेता टिमले ५० हजार नगद र उपविजेता टिमले २५ हजार नगद सहित ट्रफि प्राप्त गर्ने कार्यक्रम संयोजक आकाश गुरुङ्गले बताउनुभयो । यस्तै उत्कृष्ट टिमले ५ हजार, उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोल किपरले सम्मान २५/२५ सय र ट्रफी प्राप्त गर्ने संयोजक गुरुङ्गले जानकारी दिनुभयो ।जिल्ला स्तरीय नकआउट फुटसल प्रतियोगीता सहभागी हुन इच्छुक टिमले ५ हजार दर्ता शुल्क तिनुपर्ने छ भने प्रत्येक टिममा ८ खेलाडी र एक प्रशिक्षक रहने आयोजकले बताएको छ ।

Share.

Leave A Reply