चितवन निकुञ्जमा मृत गैंडा फेला

0

जेठ १  –  चितवन निकुञ्जमा मंगलवार विहान एउटा गैंडा मृत अबस्थामा फेला परेको छ । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुंग्रेखोलामा अन्दाजी ३५ बर्षको भाले गैंडा मृत अबस्थामा भेटिएको निकुञ्जको सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत अभिनय पाठकलले जानकारी दिए ।

गैंडा कालगतिले मरेको निकुञ्जको भनाई छ । गैंडाको सरदर आयु ३५ बर्ष देखि ४० बर्ष रहेको र मंगलवार मृत फेलापरेको गैंडा कालगतिले मरेको सहायक संरक्षण अधिकृत पाठकले बताए ।

मृत फेला परेको गैंडाको शरिरमा कुनै प्रकारको चोट नरहेको उनले जानकारी दिए । चितवन निकुञ्जमा पछिल्लो समय दुर्लभ एक सिंगै गैंडा र पाटेबाघ एक अर्कामा जुधेर मर्ने क्रम बढेको छ । पछिल्लो गणना अनुसार चितवन निकुञ्जमा ६०५ वटा गैंडा रहेका थिए ।

Share.

Leave A Reply