play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने

0

जेठ १ – नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ ।उहाँको पार्थीव शरिरलाई श्रदाञ्जली दिन अहिले दशरथ रंगशालामा राखिएको छ ।बिहान ११ बजेसम्म दशरथ रंगशालामा राखेपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
शाहको ५१ वर्षको उमेरमा हिजो निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।

Share.

Leave A Reply