play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आइपीएल अन्तर्गत आज कोलकाताले राजस्थान रोयल्सको सामना गर्ने

0

जेठ १ ।भारतमा जारि इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत आजपनि १ वटा खेल हुनेभएको छ आज राति सवा ८ बजे हुनेखेलमा कोलकाता नाईट राईडर्सले राजस्थान रोयल्सको सामना गर्ने छ कोलकाताले अहिले सम्म खेलेका १२ वटा खेल मध्ये ६ मा जित र ६ मा हार बेहोर्दै अंकतालिकाको तेस्रो स्थानमा रहदा समान खेलबाट समान जित र समान हार बेहोर्दै रनरेटका आधारमा राजस्थान अंकतालिकाको चौथो स्थानमा रहेको छ. दुवै टिमलाइ प्लेअफ़मा पुग्नको लागि आजको खेल जित्ने पर्ने दबाब रहेको छ यसैबीच किङ्स ईलेभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरले आइपीएल क्रिकेटको प्ले अफ् चरणमा पुग्ने संभावना जिवित राखेको छ ।गएराती भएको खेलमा ८९ रनको झिनो लक्ष्य पछ्याएको बैंगलोरले ८ ओभर १ बलमा विना कुनै विकेटको क्षतिमा जित हासिल गर्‍यो ।जितपछि पनि सातौं स्थानमै यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ ।१२ अंक जोडेको पञ्जाब पाँचौं स्थानमा झर्दा समान १२ अंक नैं जोडेको राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक नैं छ ।

Share.

Leave A Reply