play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चीनको सिपिङ सिटी र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना

0

बैशाख ३१, छिमेकी मित्रराष्ट्र चीनको जिलिन प्रान्तमा रहेको सिपिङ सिटी र नेपालको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सिपिङ सिटीका प्रमुख गुओ लिङ्जी र भरतपुर महानगर प्रमुख रेणु दाहालले आइतबार चीनको सिपिङमा दुई नगरबीच मैत्रीपूर्ण र समन्वयात्मक सम्बन्ध स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेपछि भगिनी सम्बन्ध कायम भएको हो ।चारबुँदे सम्झौतापत्रमा अर्थतन्त्र, व्यापार, विज्ञान तथा प्रविधि, सँस्कृति, शिक्षा, स्वास्थ्य, खेलकुद, जनशक्ति लगायतका क्षेत्रमा साझा समृद्धि र विकासको प्रवद्र्धन गर्न समानता र आपसी लाभको सिद्धान्तका आधारमा दुई पक्षबीच सहयोग आदानप्रदान र समन्वय गरिने उल्लेख छ । हस्ताक्षर भएको मितिले पाँच वर्षको लागि सम्झौता कायम रहने छ । साझा चासोका विषयमा द्विपक्षीय सहजीकरणका लागि नियमितरुपमा सम्पर्क कायम गरिने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्नुहुँदै भरतपुर महानगर प्रमुख दाहालले आउँदो दस वर्षमा पूर्वाधार, सामाजिक तथा सेवा क्षेत्रमा उल्लेखनीय लगानी गरी विश्वस्तरको नगरको रुपमा भरतपुरलाई विकास गर्ने लक्ष्य लिइएको बताइन् । यसका लागि लगानीमैत्री नीतिको निर्माण गरी लगानीको वातावरण सिर्जना गर्ने, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने बताउँदै उनले सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाई बस्नयोग्य शहरको रुपमा भरतपुरको विकास गरिने बताइन् । भरतपुर महानगर प्रमुख दाहालले दुई शहरबीच कायम भएको भगिनी सम्बन्धले नेपाल र चीनबीचको सम्बन्ध अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिन् । महानगर प्रमुख दाहालले सिपिङ सिटी प्रमुख लिङ्जीलाई भरतपुरमा स्वागत गर्न आतुर रहेको समेत बताइन् ।

Share.

Leave A Reply