play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

श्रीलंकामा भारी वर्षापछि गएको बाढीका कारण आठ हजार स्थानीय नागरिक प्रभावित

0

३१ वैशाख, श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा भारी वर्षापछि गएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ ।श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्रले आज जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले आज गएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको बताएका छन् ।
ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताए ।शनिबारदेखि निरन्तर भएको वर्षा आज बिहान रोकिएको छ । तर पनि आज बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन पनि भनिएको छ ।श्रीलंकामा सन् २०१७ मा कैयौँ जिल्लामा गएको बाढी र पहिरोमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस÷सिन्ह्वा)

Share.

Leave A Reply