play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आइपिएल अन्तर्गत आज पन्जाबले बेङ्ग्लोरको सामना गर्ने

0

वैशाख ३१ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आज पनि एउटा खेल हुने भएको छ आज राति सवा ८ बजेदेखि सुरु हुने खेलमा किंग्स इलाभेन पन्जाबले रोयल च्यालेर्जस बेङ्ग्लोरको सामना गर्ने छ पन्जाबले अहिले सम्म खेलेका ११ वटा खेलमा ६ मा जित र ५ मा हार बेहोर्दै अंकतालिकाको तेस्रो स्थानमा रहदा समान खेल नै खेलेको बेङ्ग्लोरले ४ मा जित र ७ मा हार बेहोर्दै अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ. पन्जाबले आजको खेल जितेमा प्लेअफ़मा स्थान बनाउने छ भने बेङ्ग्लोरले आज जित हासिल गरेमा प्लेअफ़मा स्थान बनाउने सम्भावना जीवित रहने छ बेङ्ग्लोरले प्लेअफमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ यसैबीच गएराती भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ ।जितसँगै राजस्थानले प्ले अफ् चरणमा पुग्ने सम्भावना बढाउँदा मुम्बई दबाबमा परेको छ ।मुम्बईले दिएको १६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।गएरातिको जितसँगै राजस्थान पाँचौं स्थानमा उक्लेको छ भने साविक विजेता मुम्बई छैटौं स्थानमा झरेको छ ।

Share.

Leave A Reply