play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

मोदीको स्वागतमा प्रदेश–२ का मुख्यमन्त्रीले बोलेको कुरा जायज : उपेन्द्र यादव

0

वैशाख ३१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको कुरा जायज भएको बताएका छन् ।आज भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै यादवले प्रदेश–२ का मुख्यमन्त्री राउतले मुलुक र प्रदेशको वस्तुस्थितिबारे यथार्थ बोलेको दावी गरे ।अध्यक्ष यादवले मुलुक संघीयतामा गइसके पनि प्रदेश सरकारलाई भूमिकाविहीन बनाएर केन्द्र सरकारले गल्ती गरिरहेको आरोप लगाए ।
उनले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको सबैभन्दा ठूलो अपमान भएको बताए ।नेपाली सेना र फौजको मनोबल गिराउने काम वर्तमान सरकारले गरेको उनको भनाइ थियो ।अर्को प्रसंगमा अध्यक्ष यादवले सरकारले संविधान संशोधन गरेर राष्ट्रिय मुद्दा हल गर्न तयार भए आफूहरु सरकारमा जान तयार रहेको बताए ।वर्तमान सरकारलाई आफूहरुले समर्थन गरिसकेको भन्दै उनले एक/दुई मन्त्रालय लिएर जागिर खानका लागिमात्रै सरकारमा जानुको औचित्य नहुने जिकिर गरे ।अध्यक्ष यादव भरतपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका हुन् ।

Share.

Leave A Reply