play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आजदेखि देशभर लोडसेडिङ अन्त्य

0

बैशाख ३१ । नेपाल विद्युत प्राधीकरणले आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ ।

औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएको र योसँगै अब मुलुक लोडसेडिङमुक्त भएको प्राधीकरणले घोषणा गरेको हो ।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक संचालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका हुन् ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधीकरणले जनाएको छ । चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको जनाइएको छ ।

१५ वर्षपछि लोडसेडिङ सकिएको प्राधीकरणले जनाएको छ । सन् २००३ मा शुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

प्राधीकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली गए पनि त्यो लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।

Share.

Leave A Reply