play_circle_outline On Air

लोकभाका

play_circle_outline On Air

लोकभाका

इटाली र अल्बानियाबिचको खेलको क्रममा समर्थकले उच्छृङखल गतिविधि गरे, खेल ९ मिनेट रोकियो

0

चैत १२ ,विश्वकप २०१८ को छनौट अन्तर्गत इटाली र अल्बानियाबिचको खेलको क्रममा समर्थकले उच्छृङखल गतिविधि गरेका छन् । इटालीमा शुक्रबार राति भएको खेलको दोस्रो हाफमा अल्बानियाका समर्थकले मैदानमा ज्वलनशील पदार्थ सल्काएर मैदानमा फालेका हुन् । यस्तै उनीहरुले धुवाँ बम पनि पड्काएका थिए । यसले गर्दा खेल दोस्रो हाफमा झण्डै नौ मिनेट रोकिएको थियो । इटाली २–० ले विजयी भएको खेल गोलरक्षक जियानलुइजी बुफोनको खेल जीवनको एक हजारौं खेल थियो । पहिलो हाफमा इटालीका ड्यानिएल डि रोस्सीले पेनाल्टी प्रहार गर्ने बेलामा नै अल्बानियाका समर्थकले मैदानमा ज्वलनशील पदार्थ फालेका थिए । तर दोस्रो हाफमा लगातार ज्वलनशील पदार्थ मैदानमा फालिएपछि रेफ्रिले केही समयका लागि खेलाडीलाई मैदानबाट बाहिर पठाएका थिए । इटालीका अल्बानियाली प्रशिक्षक गिएन्नी डि बिएसीले घटनाबाट आफू निकै दुःखी भएको बताएका छन् ।

Share.

Leave A Reply