play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

फेसबकुकै कारण नेपालमा भित्रियो सोलार बाट चल्ला उत्पादन हुने प्रविधि

0

विवेक पोख्रेल,
बैशाख २८, वर्तमान अवस्थामा सामाजिक सञ्जाल फेसबुक प्रयोग नगर्ने युवा पुस्ता भेट्न मुस्किलनै छ । मोनोरञ्जनको साधनमात्र नभई सामाजीक सञ्ंजाल फेसबुक सुचना, ज्ञान र नयाँ प्रविधि बारे थाहापाउने राम्रो माध्यम रहेको चितवनका एक युवाले प्रमाणित गर्नुभएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर १५ मा बसोवास गर्ने अमित सापकोटाले फेसबुक बाट नै सोलार बाट चल्ला उत्पादन हुने नयाँ प्रविधि नेपालमा भित्र्याउनु भएको छ भन्दा फरक नपर्ला ।सापकोटा आवद्ध भरतपुर १५ रहेको सिद्धबाबा कृषि तथा प्राङगारिक मल उद्योग कानुनी रुपमा दर्ताभएको झण्डै ६ महिना मात्र भएको छ । उद्योग दर्ता भएको ४ महिना पछि उद्योगको बारेमा जानकारी दिने सोचका साथ उद्योगका सहायक चेयरमेन अमित सापकोटाले फेसबुक एकाउन्ट संचालन गनुभयो । समान्य रुपमा फेसबुक बाट उद्योगको बारेमा जानकारी दिने उदेश्य रहेपनि उहाँले इन्टरनेट मार्फत नयाँ कृषी प्रविधिको बारेमा खोजी गरिरहनु हुन्थ्यो । एक दिन काठमाडौंमा आफुले चिनेको साथी बाट पाल्ेट्रीको को लागि चल्ला उत्पादनको लागी किसानलाई सहज र बुहुउपयोगी हुने भन्दै चल्ला ह्याच गर्ने प्रविधि सोलार पोल्ट्री इन्कुबेटर को बारेमा साथि मार्फत फेसबुक जानकारी पाए पछि उक्त जानकारी उद्योगको फेसबुक मार्फत सेयर गनु भयो । फेसबुकमा फोटो अपलोड भएको केहि समयमा नै सबै बाट सकारात्म प्रतिक्रिया आयो झनैै यसले मलाई यो प्रविधि नेपाल आउन प्रेरीत गर्यो अमित सापकोटाले बताउनु भयो ।


अन्त फेसबुकै कारण भरततको ख्याती प्रप्त कम्पनी लाईफ वे सोलार डिभाईस प्राईभेट लिमिटेडको उत्पादन रहेको सोलार पोल्ट्री इन्कुबेटर नेपाल भित्रीउन सफल भएको सापकोटा बताउनु हुन्छ । विहिवार चितवनको उद्योग बाणिज्य संघको सभाहलमा एक औपचारीक कार्यक्रम गर्दै सोलार पोल्ट्री इन्कुबेटर डिलर स्थापना भएको जानकारी दिईयो ।
भरतको ख्याती प्राप्त कम्पनी लाईफ वे सोलार डाईभेस प्राईभेट लिमिटेडले उत्पादन गरेको प्रविधिको सिद्धबाबा कृषी तथा प्रङ्गरिक मल उद्योगले चितवन आधिकारीक वितरक गर्ने लाईफ वे सोलार डिभाईस प्राईभेट लिमिटेडका फाउण्डर जर्जकुट्टी कारीयानापपतलीले बताउनुभयो । उहाँले पोल्टिको राजधानी रहेको चितवनमा यो प्रविधि साना र ठुला दुबै किसानलाई उपयुक्त हुने समेत प्रष्ट्र पानु भयो । जर्जकुट्टी कारीयानापपतलीले भन्नु भयो– लोड्सेङ्लिे गर्दा ह्याचमा राखिएका अण्डा विग्रने समस्या अत्य भएको छ, लाईफ वे सोलार डाईभेसले ल्याएको सोलार पोल्ट्री इन्कुबेटर बहुआयमीक छ यस प्रविधिमा सौय सक्ति बाटमात्रै हैन विजुली र बेट्री बाट पनि संचालन गर्न सकिन्छ ।


जर्जकुट्टी कारीयानापपतलीका अनुसार प्राविधिक रुपमापनि प्रयोग गर्न यस प्रविधि निकै सहज रहेकोले पनि कु्खुरा पालक किसानको नजरमा सहजै पर्ने उहाँको ठम्माई थियो ।सिद्धबाबा कृषि तथा प्राङगरिक मल उद्योेगका अमृत सापकोटाले समाजीक संजाल मार्फत नेपालमा नयाँ प्रविविधि भित्राउनु आफैमा खुशीको कुरा भए पनि यसलाई स्थापीत गर्न उतिकै चुनैती पुर्ण रहेको बताउनु भयो । यस प्रविधिलेले बेरोजगारी समस्या हटाउन पनि सहज हुने र युवा पलायन घटउन पनि महतोपुर्ण भुमीका निवाह गर्ने सापकोटाले बताउनु भयो । विशेष गरेर साना किषानहरुको लागि महत्तवपूर्ण रुपमा हेरीएको यस प्रविधि अन्य प्रविधिको तुलानामा सस्तो रहेको सापकोटा बताउनु हुन्छ । भन्सार शुल्क १ प्रतीसत मात्र लाग्छ डिलर स्टिम बाट प्रविधिको वितरण हुदा उपभोक्तोलाई पनि सस्तो पर्ने सापकोटाले प्रष्ट प्रानु भयो । नेपालमा १ सय , २ सय र ५ सय को गरि तिन क्षमताका सोलार पोल्ट्री इन्कुबेटर भित्रीएको छ । १ सय क्षमताको ९० हजार २ सया क्षमताको लाई १ लाख २० हजार २ लाख २० हजार पर्ने बताईयको छ । लाईफ वे सोलार डिभाईस को दुध दुने मेशिन, सोलार शक्ति, कारखाना, बाटोमा राख्ने पोल बत्ति, विद्युतीय सामान बेक्ने गाडी पनि बजारमा ल्याएको छ ।
चितवनमा रहेको सिद्धबाबा कृषि तथा प्राङगरीक मल उद्योगलेले लाईफ वे सोलार डिभाईस को सोलार पोल्ट्री इन्कुबेटर र दुध दुने मेशीनको विक्रिवितरण सुरु गरिसकेको छ । यसै गरि सिद्धबाबा कृषि तथा प्राङगरिक मल उद्योेगले अग्रनीक उत्पादनहरु प्राथामीक दिदै आग्रानीक मोल, कृषी औजार, आग्रनीक विसाधी , झार काट्ने मेसिन, धान रोप्ने मेसीन लगायतका कृषी औजार र प्रविधिहरुको उत्पादन र वितरण गर्ने बतार्ईएको छ ।


नेपालमा सोलार प्रविधि वाट चला उत्पादन हुने प्रविधि भित्रिएको भए पनि भारतमा यो प्रविधि २००७ मा बाटनै सुरु गरिएको हो ।

Share.

Leave A Reply