play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

सर्वाेच्चको आदेशपछि आरआरमा १५ गते स्ववियू चुनाव हुने

0

१२ चैत – काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा स्वविय निर्वाचनको मिति तोकिएको छ । स्वबियु निर्वाचन यही चैत्र १५ गते हुने भएको छ । यसअघि बिभिन्न कारण देखाएर रोकिएको निर्वाचन सर्वोच्चले तत्काल गर्न आदेश दिएपछि त्रि.वि, क्याम्पस प्रशासन र निर्वाचन समितिबीचको छलफलपछि यही १५ गतेको लागि निर्धारण गरिएको क्याम्पसले आज सार्वजनिक सूचना जारी गरेको छ।

पूर्व निर्धारित मितिमा चुनाब हुन नसकेपछि नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुका सभापति, उम्मेदवार टपेन्द्रजंग शाहीले दिएको रिटमा सर्वोच्चले उक्त आदेश दिएको थियो । २३ गते राती देखि नै विद्यार्थीहरु मतदान गर्न भन्दै लाइनमा बसे पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै चुनाब स्थगित गरिएको थियो ।

Share.

Leave A Reply