play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

ट्रम्पलाई ठुलो झट्काः हेल्थकेयर विधेयक पारित भएन

0
१२ चैत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता लिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।  पूर्व राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सम्बन्धी विधेयक ‘ओबामा केयर’लाई प्रतिस्थापन गर्न ल्याएको नयाँ हेल्थकेयर विधेयक कांग्रेसबाट पारित हुनका लागि आवश्यक पर्ने समर्थन जुटाउन नसकेपछि मतदानमा नलगि राष्ट्रपति ट्रम्पले फिर्ता गरेका हुन ।

विधेयक पारित हुन चाहिने न्युनतम सिनेटरको समर्थन जुटाउन नसकेपछि विधेयक फिर्ता लिने विषयमा आफू र राष्ट्रपति ट्रम्पबिच सहमति भएको अमेरिकी सिनेटका सभामुख पउल रायनले बताए । रिपब्लिकन सिनेटरले नै पर्याप्त समर्थन नगरेका कारण राष्ट्रपति ट्रम्पले विधेयक फिर्ता लिनु परेको बिबिसीले जनाएको छ । यो ट्रम्पलाई सत्ता सम्हालेदेखि लागेको सबै भन्दा ठूलो झड्का हो ।

 

यसअघि यात्रा प्रतिबन्ध सम्बन्धी पहिलो कार्यकारी आदेश अदालतले कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प समस्यामा परेको थिए । त्यसपछि ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी आदेशमा पनि अदालत विपक्षमा उभिएको छ । स्वास्थ्य सम्बन्धी विधेयक अमेरिकन हेल्थ केयर एक्टको विपक्षमा २८ देखि ३५ रिपब्लिकन सिनेटर नै रहेको उल्लेख छ । राष्ट्रपति ट्रम्प विधेयक फिर्ता भएपछि निराश भएका छन् ।

Share.

Leave A Reply