play_circle_outline On Air

सिनर्जी हेडलाईनस

play_circle_outline On Air

सिनर्जी हेडलाईनस

प्रिमनसुनको पानीले किसान हर्षित

0

चैत १२,
प्रिमनसुनमा परेको पानीले जमिनमा चिस्यानको मात्रा बढाउँदा मकैबालीलाई फाइदा पुग्ने भएको छ । यसबाट किसानहरु हर्षित भएका छन् ।
अहिले मकै छर्ने बेला भएकोले पानी पर्दा जमिनमा चिस्यान बढेर फाइदा पुग्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका कृषि विज्ञ हरिकृष्ण उप्रेती जानकारी दिनुभयो । मकै छरिसकेको ठाउँमा पनि बोटलाई हुर्कन अहिले परेको पानीले फाइदा पुग्ने उहाँको भनाई छ ।
तर पानीसँगै असिना परेका ठाउँमा भने गहुँबालीमा क्षति पुगेको छ । अहिले गहुँ पाक्ने बेला भएकाले असिना पानीले गहुँ झार्न सक्ने साथै गहुँका पात च्यातेर त्यसको वृद्धि विकासमा असर पुग्ने कृषिविज्ञ उप्रेतीले बताउनुभयो । हिजो चितवन सहित नेपालका विभिन्न स्थानमा पानी परेको थियो ।

Share.

Leave A Reply