बैशाख २२, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले अबको दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री खनालले अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको र दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।मन्त्री खनालले अब पनि भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने बताउँदै भूमिलाई वर्गिकरण गर्नु आवश्यक रहेको बताउनुभयो । जमिन खण्डीकरण हुँदा खेतीयोग्य जमिन सकिँदैं गएको भन्दै उहाँले यसलाई रोक्नका लागि भू उपयोग नीति तथा भू–नीतिको तयारी भइरहेको जानकारी दिनुभयो ।कृषियोग्य जमिनको खण्डीकरण डरलाग्दो अवस्थामा पुगेको भन्दै मन्त्री खनाललले यसलाई रोक्नुपपर्ने र यसका लागि सरकार लागिरहेको बताउनुभयो ।
डिप ट्युवेल, पुराना पानीका स्रोतको व्यवस्थापन र पानी पोखरीको व्यवस्थापन लगायतका काम गर्नसके खेतीयोग्य जमिनमा सिँचाइको समस्या नहुने मन्त्री खनालको भनाई छ । –रासस
दुई वर्षमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गरिन्छ:कृषिमन्त्री चक्रपाणि खनाल
0
Share.