play_circle_outline On Air

अभिमत

play_circle_outline On Air

अभिमत

जेठ ४ गतेदेखि हलमा चलचित्र चल्न नदिने निर्माताहरुको निर्णय

0

वैशाख २२, चलचित्र संघले माग पूरा गर्न कुनै चासो नदेखाएपछि निर्माताहरु आन्दोलनमा उत्रने भएका छन् । नेपाल चलचित्र निर्माता संघको संघर्ष समितिले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो । संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १ गते सम्पूर्ण चलचित्रकर्मी बिभिन्न हलहरूमा कालोपट्टि बाँधेर उपस्थित हुने, जेठ २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि फिल्म सेन्सर नगर्नका लागि दबाब दिँदै धर्ना बस्ने, जेठ ४ गतेदेखि सम्पूर्ण हलमा चलचित्र प्रदर्शनमा रोक लगाइने लगायत छन् । वार्तामा समेत नबोलाएर आफ्ना मागप्रति वेवास्ता गरेको संघर्ष समितिका संयोजक रोज राणाको आरोप छ । २०६० सालमा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौतामा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शनपछि उठेको कुल रकममा भ्याट कट्टा गरि बाँकी रकममा सिनेमा घरको भौतिक सुविधा, व्यापार लगायतका आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशत सम्मको दरले लिने दिने सहमति भएको थियो । तर, सो सहमति चलचित्र संघका सदस्य समेत रहेका ठूला हलले नै उल्लंघन गरेको भन्दै निर्माता संघ आन्दोलनका उत्रिएको हो ।

Share.

Leave A Reply