बैशाख २० । भारतमा जारी आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आजपनि १ वटा खेल हुने भएको छ आज राति सवा ८ बजे देखि सुरु हुने खेलमा शीर्ष स्थानको चेन्नाई सुपर किङ्सले चौथो स्थानको कोलकाता नाईट राईडर्सको सामना गर्ने छ ।चेन्नाई सुपर किङ्सले अहिले सम्म खेलेका ८ खेल मध्ये ६ मा जित र २ मा हार बेहोर्दै अंकतालिकाको शिर्ष स्थानमा रहदा समान खेल नै खेलेको कोलकाता ४ मा जित र ४ मा हार बेहोर्दै अंकतालिकाको चौथो स्थानमा रहेको छ यसैबीच गएराती भएको खेलमा दिल्ली डेयर डेभिल्सले तेस्रो जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा दिल्लीले राजस्थान रोयल्सलाई डकवर्थ लुईस विधिअनुसार ४ रनले हराएको हो।खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको दिल्लीले १८ औं ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।दिल्लीका रिसभ पन्तले ६९ रन जोड्दा श्रेयस ऐयरले ५० रन तथा पृथ्वी शहले ४७ रन जोडेका थिए ।त्यसपछिको खेल वर्षाले प्रभावित भएपछि राजस्थानलाई १२ ओभरमा १ सय ५१ रनको परिमार्जित विजय लक्ष्य दिइएको थियो।
तर राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनाएपछि दिल्ली ४ रनले विजयी भएको हो ।राजस्थानका सुरुवाती ब्याट्सम्यानहरु जोस बट्लरले ६७ रन तथा डिआर्सी शर्टले ४४ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।आइपीएल क्रिकेटको जारी संस्करणमा कमजोर प्रदर्शन गरिरहेको दिल्लीलाई गएरातीको जितपछि केही राहत मिलेको छ ।९ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।एक खेल कम खेलेका राजस्थान रोयल्स र मुम्बई इन्डियन्स दिल्लीभन्दा तल रहेका छन् ।
आइपीएल अन्तर्गत आज चेन्नाईले कोलकाताको सामना गर्दै
0
Share.