play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत्

0

वैशाख १९,
आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले मूल्य बढाइएको जनाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको र नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुने जानकारी दिनुभयो ।
गोइतका अनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटितेलमा ३र३ रुपैयाँ बढेको छ । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटितेल प्रतिलिटर ९०र९० रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर पेट्रोल १ सय ६ रुपैयाँ, डिजेल ८७ रुपैयाँ र मटितेल ८७ रुपैयाँ थियो । नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९० पैसा नाफा रहेको प्रवक्ता गोइतले बताए ।
निमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ अमेरिकी डलर तोकेको छ । नयाँ मूल्य समायोजनपश्चात् निगमको अर्ध मासिक नाफा १० करोड ५५ लाख रुपैयाँ छ । यसअघि निगमको नाफा २१ करोड २३ लाख रुपैयाँ थियो ।

Share.

Leave A Reply