play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रसुवा र नुवाकोटमा निर्माणाधीन चार जलविद्युत् आयोजनाको उत्पादन दुई वर्षभित्र हुने

0

वैशाख १८,
रसुवा र नुवाकोटमा निर्माणाधीन २ सय २८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले दुई वर्ष्भित्रै उत्पादन थाल्ने गरी काम अघि बढाएका छन् । ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’, १ सय ११ मेगावाटको रसुवागढी, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
चारै आयोजना विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माण भइरहेका हुन्। चिलिमे जलविद्युत् कम्पनीको प्रवद्र्धक प्राधिकरण हो।
सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको ऋणमा बनिरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ को निर्माण आगामी वैशाखभित्र सक्ने लक्ष्य छ। आयोजनाले निर्माण गरिहेको त्रिशूली थ्री ‘ए’ –मातातीर्थ २२० केभी प्रसारण लाइनका १ सय ४२ वटा टावरमध्ये अधिकांशको काम भइरहेको छ। ५ वटा टावरको काम स्थानीयको अवरोधका कारण सुरु हुन नसकेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।
आयोजनाको सिभिल, विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सीजीजीसी) लाई इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा जिम्मा दिइएको छ।
ठेकेदार कम्पनीको काम सन्तोषजनक रहेको र तोकिएकको समयअगावै सक्ने गरी काम भइरहेको जोशीले बताए। रसुवागढी आयोजनाको समग्र निर्माण प्रगति ६० प्रतिशत भएको आयोजनाले जनाएको छ। आयोजनाले २०७६ पुस १५ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

Share.

Leave A Reply