बैशाख १७ । फेन्सी व्यवसायी संघ चितवन र फेन्सी बचत तथा ऋण सहकारी संस्थाले कालिका नगरपालिका वडा नं.९ लटौलीमा बसोवास गर्ने चेपाङ समुदायको लागि खानेपानीको लागि पाईप सहयोग गरेका छन । मितेरी कार्यक्रम अन्तर्गत सोमवार व्यसायीहरुले खानेपानीका लागि २३ मिटर पाईप,लटौलीका तीनवटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सहयोग र चेपाङ समुदायको स्वास्थ्य परीक्षण समेत गरिएको छ । सम्फ¥याङमा आयोजित कार्यक्रममा संघका अध्यक्ष वालकृष्ण कँडेल र सहकारीका अध्यक्ष प्रकाश गैंरेले सो पाईप मेयर गोपी श्रेष्ठ,वडा नं.९ का वडा अध्यक्ष हेमबहादुर डल्लाकोटीलाई हस्तान्तरण गरेका थिए । संघ र सहकारीले शिक्षाको विकासको लागि वडा नं.९ का सिद्धि आधारभूत विद्यालय भिउरान,आधारभूत विद्यालय लटौली र आधारभूत विद्यालय राजवानमा अध्ययनरत १८० जना विद्यार्थीहरुलाई स्कुल व्याग,कपिकलम,चाउचाउ,मन्जन,ब्रस सावुन सहयोग गरिएको संघका प्रबक्ता विबेक कँडेलले जानकारी दिए ।
आधारभूत विद्यालय लटौलीलाई एक थान स्टील दराज समेत सहयोग गरिएको छ । त्यसैगरी सोही ठाउँका आगोलागी पीडित सुकमान प्रजाको घर बनाउन २० वटा जस्ता सहयोग गरिएको छ । त्यसैगरी प्यारामोटर बनाएर सफल परीक्षण गरेका राप्तीका सरोज चेपाङलाई प्रोत्सहानको लागि नगद ११ हजार सहयोग गरिएको छ । संघका अध्यक्ष वालकृष्ण कँडेलले लटौलीमा विकास निर्माणको काम गरेर फेन्सी मितेरी भिलेज बनाउने योजना रहेको बताए । कार्यक्रममा कालिका नगरपालिकाका मेयर गोपि श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,संघका निर्वतमान बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, फेन्सी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश गैरे,संस्थापक अध्यक्ष विजयकुमार तण्डुकार,वडा नं.९ का वडा अध्यक्ष होमबहादुर डल्लाकोटी,घरबहाल उपभोक्ता मञ्च चितवनकी अध्यक्ष पवित्रा जोशी, फेन्सी व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष खिमलाल अर्यालले लगायतले मन्तव्य राखेका थिए ।
चेपाङलाई खानेपानीका लागि पाईप सहयोग
0
Share.