जिबन रानाभाट
वैशाख १४- देशभर आजदेखि माध्यामिक शिक्षा उत्तीर्ण (एसएलसीई) कक्षा १२ को परीक्षा सुरु भएको छ परिक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने भएको छ ।साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमध्ये सबैभन्दा बढी काठमाडौँमा ११४ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।देशभरका तीन हजार ९१२ विद्यालयका कक्षा १२ र ११ मा गरी कूल नौ लाख ६६ हजार २१० परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् । जसअन्तर्गत कक्षा १२ मा दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चार लाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन् ।सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट कक्षा ११ मा ७४ हजार १२७ र कक्षा १२ मा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा कक्षा ११ र १२ मा ८८/८८ जना परीक्षार्थी सहभागी हुनेछन् ।

यसैबीच वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको पनि सम्पूर्ण तयारी पूरा भएको छ ।यस बर्ष कक्षा ११ तर्फ दुई लाख ६३ हजार १६८ छात्र र दुई लाख ८७ हजार ७९१ छात्रा गरि कूल पाँच लाख ५० हजार ९५८ परीक्षार्थी सहभागी हुनेछन् परीक्षामा अमर्यादित काम गरेको पाइए छ महिना कैद र रु एक लाखसम्म जरीवाना हुने व्यवस्था गरिएको छ।कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख ३० गते शुरु भई जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।