play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ओलम्पिक विवाद समाधान गर्न खेलकुद मन्त्रालयद्वारा राखेपलाई जिम्मा

0

चैत १०,
नेपाल ओलम्पिक कमिटिको विवादका सम्बन्धमा दुवै पक्षसँग समन्वय गरी विवाद मिलाउन युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई जिम्मा दिएको छ । ओलम्पिक कमिटिका क्रियाकलापहरुलाई निर्वाध सञ्चालनको वातावरण मिलाउन मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई जिम्मा दिएको हो ।
खेलकुद मन्त्री दलजित श्रीपाइलीको निर्णय अनुसार ओलम्पिक कमिटिको आधिकारिकता सम्बन्धी विवादबारे लिखित प्रतिवेदन पेश गर्न राखेपका सदस्यसचिवलाई जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता रामप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गत मंगलबार राष्ट्रिय मान्यताप्राप्त रुक्मशम्शेर राणा नेतृत्वको ओलम्पिक कमिटिले प्रशासनको सहयोगमा सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवन कब्जा गरेपछि विवाद चुलिएको हो ।

Share.

Leave A Reply