play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

चितवनका युवाले निर्माण गरेको ‘गन्तव्य’ सोमवार प्रर्दशन हुँदै

0

चैत ०६,
चितवनका युवाहरुको सक्रियतमा निर्माण भएको सन्देशमुलक लघु चलचित्र ‘गन्तब्य’ प्रर्दशन हुने भएको छ । भोली(सोमवार) नारायणगढको गणेश चलचित्र मन्दिरमा चलचित्र ‘गन्तब्य’ प्रर्दशन गर्न लागिएको चलचित्रका निर्देशक पप्पु रौनियारले जानकारी दिए । रौनियारका अनुसार भोली विहान ९ बजे प्रर्दशन गरिने चलचित्रको सबै तयारी सकिएको छ । चलचित्र १ घण्टाको बनेको छ ।
कला पुजारी सिने आर्ट्सको ब्यानरमा निर्माण गरिएको चलचित्र मार्फत समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसनी र युवाको अवस्थालाई सशक्त ढङ्गबाट प्रस्तुर्ते गर्न खोजिएको निर्माण युनिटको भनाई छ ।चलचित्रको कथा लेखक अङ्गद श्रेष्ठका अनुसार चलचित्रले बढ्दोे लागूऔषध दुव्र्यसनी अन्त्यको लागि केही हदसम्म भएपनि सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
चलचित्रमा प्रेम, द्धन्द, अनुभव, सिकाई र भोगाईको समिश्रण रहेको छ । चलचित्रमा केदार दुवाडी, लक्ष्मण नेपाल, रबिन सुवेदी, अमीर बराल,अंगत श्रेष्ठ ,पुरन मल्ल, रेश्मा सुबेदी, नवराज खतिवडा लगाएतका कलाकारको मुख्य भूमिका छ ।चलचित्रको छायांकन तथा सम्पादन रमेश बस्नेतले गरेका हुन् । चलचित्र हेर्ने दर्शकका लागी २ सय ५० र ५ सयको टिकटको व्यवस्था निर्माण युनिटले गरेको छ ।

Share.

Leave A Reply