play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भरतपुर महानगरपालिकामा कार्यकारी प्रमुखमा जोशी

0

चैत १०,
भरतपुर महानगरपालिकामा कार्यकारी प्रमुख भएर प्रेम राज जोशी आउनुहुने भएको छ । स्थानीय विकास मन्त्रालयले आज सूचना निकाली जोशीलाई भरतपुर महानगरपालिकामा सरुवा गरेको हो । उहाँ अहिले स्थानिय विकास मान्त्रालयमा कार्यरत हुनुहुन्छ । नेपाल सरकारले फागुन २७ गते भरतपुर उपमहागनरपालिकालाई महानगरपालिकामा स्तरउन्नती गरेपछि सह सचिव स्तरको कार्याकारी अधिकृत पठाएको हो । यस अघि उपमहानगरपालिकामा उपसचिवले कार्यकारी प्रमुख हुने व्यवस्था थियो । यहाँका कार्यकारी महेश बराल धुलिखेल नगरपालिकामा सरुवा हुनभएको छ । स्थानीय विकास मन्त्राललयले चैत्र पाँच गते सूचना निकाली बराललाई  धुलिखेल नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी दिएको छ । बरालले भरतपुर उपमहानगरपालिकामा १८ महिना कार्यकारी अधिकृत भई काम गर्नुभयो । महानगरपालिकामा आउन लाग्नुभएका जोशीले आईतवार पदभारग्रहण गर्नुहुने भएको छ ।

Share.

Leave A Reply