play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

सप्तगण्डकी आमसञ्चार क्लब गठन

0

हेम रोकाहा,भरतपुर ।
चैत १०,
सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा सप्तगण्डकी आमसञ्चार क्लब गठन गरिएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसमा मानविकी संकायअन्तर्गत आमसञ्चार तथा पत्रकारीता विषय अध्ययनरत विद्यार्थीहरुलाई संगठित गरी आमसञ्चार विषयको सैदान्तिक तथा प्रयोगात्मक क्षेत्रलाई विकास गर्न बिहिबार क्लब गठन गरिएको हो ।
बिहीबार नै आमसञ्चार तथा पत्रकारीता विषयमा कक्षा ११ देखि स्नातक तेस्रो वर्षसम्म अध्ययनरत विद्यार्थीहरुको भेलाले गोविन्द न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राकेश तिमिल्सीना, सचिवमा अनुपा गुरुङ, सहसचिवमा अनुकुल अर्याल तथा कोषाध्यक्षमा निशा श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सन्तोष कुँवर, सविता तामाङ, मेलिना श्रेष्ठ, सुनिता सुवेदी, प्रवेश वर्तौला, सविता रेग्मी, हेम रोकाहा, संगिता श्रेष्ठ, दुर्गा पाठक र रामहरि देवकोटा रहेका छन् । साथै क्लवको संरक्षकको रुपमा क्याम्पस प्रमुख खेम नारायण सापकोटा रहेका छन् भने सल्लाहकारमा आमसञ्चार तथा पत्रकारीता विषयका सहप्राध्यापकहरु मधुसुदन दवाडी, दिपेन्द्र अधिकारी र मन्जिमा ढकाल रहेका छन् ।

Share.

Leave A Reply