play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आईपिएलः पहिलो खेलमा पञ्जाब विजयी, दोस्रो खेलमा बेङ्लोर र दिल्ली भिड्दै

0

वैशाख ०८,
इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ । कोलकाता नाइटराइडर्सले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पच्छाउने क्रममा किंग्स इलाभेन पञ्जाबले ८.२ ओभरमा विना कुनै विकेटको क्षतिमा ९६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिए पछि खेलको निर्णय डि एल तरिकाबाट लिईएको हो । पञ्जाबले खेल ९ विकेटले आफ्नो पक्षमा पारेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाता नाइटराइडर्सले १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो । कोलकाताका लागि क्रिस लिनले ४१ बलमा ६ चौका र ४ चौकाको सहयोगले ७४ रन बनाए ।  त्यस्तै कप्तान दिनेश कार्तिककले २८ बलमा ६ छक्का प्रहार गर्दै ४३ रन बनाए । रोबिन उथप्पाले २३ बलमा ५ चौका र १ छक्काको सहयोगले ३४ रन बनाए ।
आईपिएल क्रिकेट अन्तर्गत आजको जारी दोस्रो खेलमा अहिले रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयर डेभिल्स खेलिरहेका छन् । बेङ्लोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको दिल्लीले बेङ्लोरसामु १७५ रनको लक्ष्य पेस गरेको छ ।

Share.

Leave A Reply