play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

पूर्वी चितवनमा ह्वीलचियर खेलकुद समिति पुर्नगठन

0

बैशाख ८। पूर्वी चितवन ह्वीलचियर खेलकुद समितिको शनिवार पुर्नगठन गरिएको छ । रत्ननगर नगर स्तरीय अपाङग समन्वय समितिको रत्ननगरमा सम्पन्न भेलाले पूर्वी चितवन ह्वीलचियर खेलकुद समितिको पुर्नगठन गरेको हो । पुर्नगठित समितिको अध्यक्षमा विशाल रानामगर,उपाध्यक्षमा गणेश भट्ट,सचिवमा दीपक सापकोटा,कोषाध्यक्षमा नरेन्द्र गिरी र सदस्यहरुमा विष्णु चौधरी,अर्जुन लामिछाने,सरस्वती ढकाल र सुनिता तिमिल्सिना चयन भएका छन । समितिको कार्यक्रम सल्लाहाकारमा निस्वार्थ श्रेष्ठ र खेलकुद सल्लाहाकारमा आशिष अधिकारी चयन भएका छन । त्यसैगरी भेलाले रत्ननगर वडा नं.२ मा अपाङग समन्वय उप समिति गठन गरिएको छ । उपसमितिको अध्यक्षमा सुल्तान मिँया,उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ,सचिवमा सकुन्तला शर्मा,कोषाध्यक्षमा निसा सापकोटा र सदस्यहरुमा सुर्यकुमार श्रेष्ठ,भवनाथ घिमिरे र नारायण अधिकारी चयन भएका छन । उपसमितिको सल्लाहाकारमा निस्वार्थ श्रेष्ठ र टुकादेवी भट्टराई रहेका छन । रत्ननगर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष तिलकराज शर्मा पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा सदस्य अपिल अधिकारी,रत्ननगर रेडक्रसका सभापति सुर्यनारायण श्रेष्ठ,समन्वय समितिका उपाध्यक्ष मीनराज खनाल लगायतले मन्तव्य राखेका थिए । भेला समन्वय समितिका अध्यक्ष इन्द्र चालिसेको अध्यक्षतमा भएको थियो ।

Share.

Leave A Reply