play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

भेटेरिनरी एशोसियसनको प्रदेश स्तरीय समितिमा डा.सुवास श्रेष्ठ अध्यक्षमा चयन

0

बैशाख ८ । नेपाल भेटेरिनरी एशोसियसन प्रदेश नं.३ का प्रथम अधिवेशनले नया कार्यसमिति चयन गरेको छ । सौराहामा शनिवार सम्पन्न अधिवेशनले डा.सुवास श्रेष्ठको अध्यक्षतामा प्रदेश स्तरीय ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा डा.ऐगेन्द्रकुमार श्रेष्ठ,सचिवमा डा.जनक मजाकोटी,सहसचिवमा डा.दीपक लम्साल र कोषाध्यक्षमा शुलभ श्रेष्ठ चयन भएका छन । समितिको सदस्यहरुमा डा.सेरिन अमात्य, डा.ल विकास पुरी, डा.निमेश खानाल र डा.जितेन्द्र लामा चयन भएका छन । अन्य पदहरु सहमतिमा चयन गरिएको भएपनि सचिव र सदस्य पदम निर्वाचन भएको थियो । कार्यक्रममा भेटेनरी तथा शिक्षामा योगदान पु¥याएको भन्दै प्रा.डा आईपी ढकाल,नेपालका पहिलो भेटेरिनरी डाक्टर डा.मङकेश्वर नाथ पाण्डेलाई सम्मान तथा भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नं.३ का सचिव डा.बंशी शर्मालाई अभिनन्दन गरिएको भेटेरिनरियन डा.निमेश खनालले जानकारी दिए ।

कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्रा.डा इश्वरी प्रसाद ढकाल प्रमुख अतिथि रहेको सो कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा वराल,नेपाल भेटेरिनरी एशोसियसनका अध्यक्ष डा.सितलकाजी श्रेष्ठ,कोषध्यक्ष डा. सुदिप हुमागाई,नेपाल ह्याचरी संघ चितवनका अध्यक्ष ज्ञानबहादुर विसुराल,पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेल,पशु विज्ञान भेटेरिनरी तथा मत्स्य संकायकी डिन शारदा थपलिया,एसियन बफेल्लो एशोसियसनका अध्यक्ष डा.भूमिनन्द देवकोटा लगायतले मन्तव्य राखेका थिए । अधिवेशन आयोजक समितिकी संयोजक डा.सीता रिजालको अध्यक्षतामा भएको सो कार्यक्रम डा.नारायण न्यौपानेले सञ्चालन गरेका थिए ।

Share.

Leave A Reply