play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

ओली सरकारले संवैधानिक अंगमा मनोवैज्ञानिक त्रास फैलायो : नेता पौडेल

0

बैशाख ८, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बर्तमान सरकार दुईतिहाई मत देखाएर संवैधानिक अंगहरुलाई तर्साउन लागेको आरोप लगाएका छन् । नेता पौडेलले चितवनमा पशु प्राविधिक सेवा संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उदघाटन गर्दै केपी ओली नेतृत्वको सरकार दुईतिहाईको संख्या देखाएर न्यायलय, अख्तियार जस्ता संवैधानिक अंगलाई तर्साएर नियन्त्रण गर्न लागेको बताए ।
उनले नेपालमा सुशासनको लागि नेता र पार्टी बलियो होइन कार्यान्वयन गर्ने निकाय बलिया हुनुपर्ने भन्दै संवैधानिक अंगमा मनोबैज्ञानिक त्रास फैलाएर सुशासन कार्यम नहुने बताए । निमुखाले न्याय नपाउनु र विपन्नलाई आय दिलाउनका लागि पनि मुलुकमा सुशासन आवश्यक भएको भन्दै पौडेलले संविधानले लोकतन्त्रमा आधारित समाजवाद भनेको र संविधानको कार्यान्वयनका लागि पनि निमुखालाई न्याय र विपन्न आयको व्यवस्था आवश्यक रहेको बताए ।उनले समयमा नै कम्युनिष्टहरुले संसदीय लोकतन्त्रलाई स्वीकार गरेका भए यो बेलासम्म मुलुक धेरै समृद्ध हुने दाबी गरे । उनले अहिले नेपाली कांग्रेसको सिद्धान्तको जीत भएको तर नेपाली कांग्रेसको हार भएकाले यसको कारण खोजिनुपर्ने बताए ।

Share.

Leave A Reply