play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

दिल्लीको आइपीएलमा सबैभन्दा खराब बलिङ रेकर्ड, सन्दीपको सम्भावना उच्च

0

बैशाख ८, इण्डियन प्रिमियर लिग(अाइपीएल) मा हालसम्म रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स पुछारका दुई टोली हुन्।अाज साझ यी दुर्इ टोली बैंग्लोरमा अामने सामने हुँदैछन्।दुवै टोलीले चार खेल खेलिसक्दा तीनमा हार र एकमा मात्रै जित निकाल्न सकेका छन्। दिल्ली पुछारमा छ भने बैंग्लोर रनरेटका आधारमा उ भन्दा माथि छ। पुछारमा भएकाले दुवै टोलीलाई प्लेअफ यात्राका लागि जित्नुपर्ने दबाब छ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। कप्तान विराट कोहली र एबी डिभिलियर्सको टोली बैंग्लोरका समर्थकहरु नेपालमा उत्तिकै छन्। यस्तै, नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने भएकाले दिल्लीले बैंग्लोरभन्दा बढी समर्थन नेपालबाट पाउने पक्का छ।
हालसम्म बैंग्लोर कोलकत्ता नाइट राइडर्ससँग ४ विकेट, मुम्बई इण्डियनसँग ४६ रन, राजिस्थान रोयलसँग १९ रनले पराजित भएको छ भने किंग्स एल्यावेन पन्जावलाई ४ विकेटले पराजित गरेको छ।दिल्लीको कहानी पनि उस्तै छ। पहिलो खेलमा पन्जावसँग ६ विकेटले र दोस्रो खेलमा राजस्थान रोयल्ससँग १० रनले पराजित भएको दिल्लीले तेस्रो खेलमा मुम्बईविरुद्ध भने ७ विकेटको जित निकाल्यो। चौथो खेलमा कोलकत्तासँग भने दिल्लीले ७१ रनको फराकिलो हार बेहोर्यो। उक्त खेलमा दिल्लीको टोली १४.२ ओभरमै अलआउट भएको थियो।

Share.

Leave A Reply