play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

हिमालय रोडिजको दोस्रो संस्करणको अडिशन चितवनमा बैशाख १० गते हुँदै

0

बैशाख ८, नेपाली युवापुस्ता माझ बहु चर्चित एड्भेन्चर रीयालीटी शो, हिमालय रोडिजको दोस्रो संस्करण सुरु भइरहेको छ । देशभरीका पाँच स्थानमा अडिसन हुने यस रीयालीटी शो मा अठार वर्ष भन्दा माथिका युवा युवतीले सहभागिता जनाउन सक्नेछन । गत वर्ष पहिलो संस्करणमा युवापुस्ता माझ निकै नै लोकप्रियता कमाएको यस रियालिटी शो का बिजेताले रु २० लाख सम्मको नगद, यामाहा एफ.जेड मोटरसाइकल लगायत थुप्रै आकर्षक पुरस्कारहरु प्राप्त गर्नेछन । इटहरी, चितवन, बुटवल, पोखरा र काठ्माण्डौमा अडिसन स्थान रहेको यस रीयालीटी शोमा इटहरीको अडिशन बैशाख सात गते सफलता पुर्वक सम्पन्न भएको थियो भने चितवनको अडिशन बैशाख १० गते, सोमबार, नारायण्ी कला मन्दिरमा बिहान छ बजे देखी सुरु हुँदै छ । गत वर्षका बिजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीले हिमालय रोडिज दोस्रो संस्करण संचालन गर्नेछन तथा गत वर्षकै निर्णायकहरु आशिष राना ‘ लाहुरे’, रेमन दाश श्रेष्ठ र दिया मास्केले यस वर्षको संस्करणमा पनि निर्णायकको भुमिका निर्वाह गर्नेछन । चितवनको अडिशनमा गतवर्ष चितवनलाई प्रतिनिधीत्व गरेर journey सम्म पुगेका विशाल कोइरालाको पनि उपस्थिती हुने छ ।

Share.

Leave A Reply