play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

ओली र प्रचण्डले भोलि कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर चाँडै पार्टी एकता गर्ने सन्देश दिने

0

८ वैशाख, एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर चाँडै पार्टी एकता गर्ने सन्देश दिने भएका छन् ।दुर्इ दलले सुरूमा ९ वैशाखमै पार्टी एकता गर्ने योजना बनाएका थिए । तर, विवादित विषयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल नपुगेपछि एकता प्रक्रिया लम्बिएको छ ।पार्टी एकता संयोजन समितिले कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा भोलि राष्ट्रियसभा गृहमा कार्यक्रम राखेको छ । कार्यक्रममा ओली, प्रचण्ड लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् ।एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भोलि दुबै अध्यक्षले यो सन्देश दिनुहुने बताए ।
कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन बुझाएको छ तर, केही विवादित विषयमा सहमति जुट्न बाँकी छ । एकताका लागि दुई पार्टीको सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषण, आगामी महाधिवेशन र नेतृत्व बाँडफाँडबारे ठोस् सहमति हुन बाँकी छ ।सहमतिको प्रयासमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पछिल्लो केहीदिनदेखि लगातार वार्ता भइरहेको छ ।एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसदमा बहुमत हासिल गरेका दुर्इ दलका नेताहरू एकताबाट पछि हट्न नसक्ने बताउँछन् । तर, शीर्ष नेताद्वय ओली र प्रचण्डमा एकअर्काप्रति पूर्ण विश्वासको वातावरण बन्न बाँकी नै रहेकाले एकता प्रतियाले गति लिन नसकेको बताइन्छ ।दुर्इ नेताबीच सहमति जुटे यही वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता घोषणा गर्न पनि नेतृत्वलाई सुझाव दिइएको छ ।

Share.

Leave A Reply