play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

राजपाले पहिलो स्थापना दिवस मनायो, असन्तुष्ट समूहको भने नयाँ पार्टी

0

वैशाख ०७,
राष्ट्रिय जनता पार्टी (राजपा) ले आज आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । ६ मधेसकेन्द्रित दल मिलेर गत वर्ष वैशाख ७ कै दिनमा राजपा गठन गरेका थिए । नेता महन्थ ठाकुरको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना, शरदसिंह भण्डारीले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी, महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र अनिल झाले नेतृत्व गरेको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको थियो ।
राजपा नेता महतोले जनभावनाअनुसार ६ पार्टी एक भए पनि संगठनलाई अझै एकीकृत गर्न बाँकी रहेको भन्दै आगामी वर्ष संगठन र राजनीतिक मुद्दालाई प्रभावकारी बनाउने प्रण स्थापना दिवसमा गरिएको बताए उनले प्रदेश र संघीय संसद्मा संविधान संशोधनको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाइने बताए ।
यसैबीच
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा नयाँ पार्टी घोषणा गरिएको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै राजपाका असन्तुष्ट समूहले राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका हुन् । राजपाका केही पदाधिकारी र केन्द्रीय सदस्यहरु राजपा (लोकतान्त्रिक)मा सामेल भएका छन् ।
नवघोषित पार्टीको तदर्थ समिति संयोजकमा अशोककुमार यादव, सह–संयोजकमा रीतेशकुमार सिंह छन् । महाधिवेशन नहुन्जेलसम्म ११ सदस्यीय तदर्थ समिति महासचिवमा सुवासचन्द्र बिराजी, जीवन साह, सचिवहरुमा साधना यादव र लक्की शर्मा, कोषाध्यक्षमा मधुमाया यादव र प्रवक्तामा दीपेन्द्र यादव तोकिएका छन् । केन्द्रीय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भू पण्डित रहेका छन् ।
संयोजक यादवले राजपा नेतृत्व फाइला लुट्न लागेको र संविधान संशोधनको विषयमा कुनै भूमिका नखेलेकोले नयाँ पार्टी बनाएको बताए ।

Share.

Leave A Reply