play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

रत्ननगर १० मा रहेको बैरिया माविमा विद्यार्थी तान्न घरदैलो

0

बैशाख ७ । रत्ननगर १० मा रहेको बैरिया माविले विद्यार्थी तान्न घरदैलो सुरु गरेको छ । चितवनमा जारी विद्यार्थी भर्ना अभियान अन्तर्गत सो विद्यालय घरदैलो गरेरै सामुदायिक विद्यालयमा छोराछोरी पठाउन अभिभावकलाई आग्रह गरेका हुन । प्रदेश सभा साँसद कृष्ण खनाल सहित वडा अध्यक्ष केशब आचार्य,प्रधानाध्यापक युवराज शर्मा पौडेल सहित शिक्षक अभिभावकको टोली घरघरमै पुगेर सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेका थिए । टोलीले बैरिया माविले प्राप्त गरेको शैक्षिक उपलब्धी र शिक्षण शिकाईका बारेमा जानकारी गराउदै सामुदायिक विद्यालयको विश्वासनीयता प्रकट गरेको प्रधानाध्यापक शर्माले बताए । घरदैलो उद्घाटन कार्यक्रममा प्रदेश सभा साँसद खनालले जनताका छोराछोरी पढाउने जिम्मेवारी राज्यले लिएका भन्दै ढुक्क भएर आफ्ना बाबुनानी सामुदायिक विद्यालयमा पठाउन आग्रह गरे । वडा अध्यक्ष केशव आचार्यले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि आवश्यक काम भईरहेको भन्दै सामुदायिक विद्यालयलाई विश्वास गर्न अभिभावकहरुलाई आग्रह गरे । सो विद्यालयमा गत शैक्षिक सत्रमा ५८० विद्यार्थी अध्ययनरत थिए । यस शैक्षिक सत्रका सवा ६०० विद्यार्थी पु¥याउने लक्ष्य रहेको प्रधानाध्यापक शर्माले बताए । सो विद्यालयमा १ देखि ९ सम्म अंग्रेजी र ६ देखि १० सम्म नेपाली विषयमा पढाई भईरहेको छ ।

Share.

Leave A Reply