play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

गत पुसमा टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सवमा ३६ लाख नाफा

0

बैशाख ७ । गत पुसमा टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सव ३६ लाख ३५ हजार रुपैया नाफा भएको छ । आयोजक रत्ननगर उद्योग बाणिज्य संघ शुक्रवार प्रेस विज्ञप्ती मार्फत महोत्सवको आम्दानी खर्च सार्वजनिक गरेको हो । महोत्सवमा २ करोड १२ लाख ६७ हजार ८४५ रुपैया आम्दानी भएको र १ करोड ७६ लाख ३२ हजार १ सय ८ रुपैया खर्च भएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । खर्च कटाएर महोत्सवबाट ३६ लाख ३५ हजार ७ सय २६ रुपैया नाफा भएको रेग्मीले जानकारी दिए । महोत्सवबाट भएको नाफा सामाजिक क्षेत्रमा खर्च गरिने छ । महोत्सवमा भएको नाफा सचिवालय व्यवस्थापन संगै वालश्रम न्यूनीकरण र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना रहेको अध्यक्ष रेग्मीले बताए ।
संघले दुई दुई बर्षमा रत्ननगरमा महोत्सव गर्दैै आएको छ । गत बर्ष पौष २७ देखि माघ ७ गते सम्म महोत्वस आयोजना गरिएको थियो । रत्ननगर महोत्सव चितवनकै दोश्रो स्थापित महोत्सव हो । समग्र चितवनको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकास निर्माणमा अग्रसर रहि सहकार्य गर्दै आएका रत्ननगरका प्रमुख दुई संस्थाहरु रत्ननगर नगरपालिकाको संरक्षकत्वमा रत्ननगर उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । ११ दिनसम्म चलेको महोत्सवमा चितवनको आर्थिक सम्भावना भएका कृषि उत्पादनहरू माछा, केरा, पोल्ट्री र दुग्धका साथै नयां पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन, स्वास्थ्य र शिक्षालाई विशेष जोड दिइएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए ।

Share.

Leave A Reply