play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपालले टी-२० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने

0

बैशाख ७, नेपालले टी २० विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले ‘द रोड अफ वल्र्ड टी २० अष्ट्रेलिया २०२० सार्वजनिक गरेको छ । त्यसअनुसार एसियाका १३ देशलाई दुई समूह बनाएर छुट्टाछुट्टै छनोट खेलाइने भएको छ ।समूह एमा बहराइन, कुवेत, माल्दिभ्स, कतार, साउदी अरेबिया र यूएई छ । यो छनोट खेल कुवेतमा हुनेछ । समूह बीमा नेपालसँगै भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्याण्ड छन् । यो समूहको छनोट खेल अक्टोबर ३ बाट मलेसियामा हुनेछ ।
दुबै समूहबाट शीर्ष ३-३ टोली एसियन छनोटमा पुग्नेछ । एसियन फाइनल छनोट खेल्ने ६ देशमध्ये शीर्ष दुईले विश्वकप छनोट खेल्नेछन् । यस्तै अफ्रिका र अमेरिका फाइनल छनोटबाट २-२ र युरोप र ईएपीबाट १-१ टिम पनि विश्वकप छनोटमा आउनेछन् ।विश्वकप छनोटमा १४ टिम हुनेछन् । ८ टिम छनोट चरण पार गर्दै आएका हुनेछन् भने ६ टोलीले सोझै स्थान बनाउनेछन् । २०१६ को टी-२० विश्वकप खेलेका तर, टी-२० र्‍याङकिङको शीर्ष १० मा नपरेका ६ सिटले विश्वकप छनोट सोझै स्थान बनाउनेछन् ।विश्वकप छनोटबाट ६ टिमले २०२० मा अष्ट्रेलिया हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् । यो बाटोअनुसार २०२० को टी-२० विश्वकप खेल्ने हो भने नेपालले तीन वटा छनोट पास गर्नु पर्नेछ ।

Share.

Leave A Reply