play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

फिल्म ‘लिलीबिली’ ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको कलेक्सन गर्न सफल

0

वैशाख ६, एन आर एन कथा बोकेको रोमान्टिक फिल्म ‘लिलीबिली’ ले पाँच दिनमा ४ करोड ५ हजार रुपैयाँको ग्रस कलेक्सन गरेको छ । शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको फिल्मले गरेको व्यापार उत्साहजनक रहेको बुधबार निर्माण पक्षले दाबी गरेको छ ।
तीन साताअघि प्रदर्शनमा आएको ‘शत्रु गते’ र अन्य दुई नेपाली फिल्मसँग जुध्नुपर्दा पनि ‘लिलीबिली’ को व्यापार सोचेभन्दा राम्रो भएको निर्माता गोविन्द शाहीले दाबी गरे । फिल्म मुलुकभरका ९६ हलमा लागिरहेको छ । बुधबार उपत्यकाको क्यूएफएक्समा १४ सो, बिग मुभिजमा ७, एसक्यूबमा ६ सो भएको र बीएसआरमा १ सो निर्धारित रहेकोमा ३ सो थपिएको उनले जनाए ।
‘सिंगल थिएटरको व्यापार पनि राम्रो छ,’ उनले भने, ‘मंगलबारसम्म मुलुकका सबै हलको ग्रस आम्दानी जोड्दा ४ करोड ५ हजार हुन आएको छ ।’ लभ स्टोरी भएकाले युवापुस्ता हलमा बढी तानिएको पनि उनले दाबी गरे ।नेपाल, बेलायत, स्कटल्यान्ड र टर्कीमा छायांकन गरिएको फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन् । कथाको मागअनुसार आफूहरूले विदेशको लोकेसनमा कुनै पनि कन्जुस्याइँ नगरेको बताउँदै निर्देशक चाम्सले अर्को साता पनि दर्शकको माया पाउने आशा गरे । फिल्मले एनआरएन समुदायको कथा समातेको छ । मुलुकको ग्रामीण भेकको एक इमानदार युवक (आभाष) ले युरोप पुगेपछि भोगेका कथाहरूलाई प्रेमको लेप लाएर फिल्ममा प्रस्तुत गरिएको छ ।आभाषको रूपमा अभिनेता प्रदीप खड्काले चकलेटी अभिनय गरेका छन् भने उनको अपोजिटमा अभिनेत्री जसिता गुरुङले नयाँ भए पनि आत्मविश्वासी काम गरेकी छन् ।प्रियंका कार्की यौनकर्मीको भूमिकामा देखिन्छिन् भने अनुपविक्रम शाही नेगेटिभ चरित्रमा छन् । सविन श्रेष्ठ, धुव्र दत्त, रितेश चाम्स लगायतले पनि खेलेका छन्।

Share.

Leave A Reply