play_circle_outline On Air

रंगबाहर

play_circle_outline On Air

रंगबाहर

नेपाल क्रिकेट संघ ‘क्यान’को विशेष साधारणसभा आजबाट सुरु

0

वैशाख ६ । नेपाल क्रिकेट संघ क्यानको विशेष साधारणसभा आजबाट सुरु हुँदैछ । साधारणसभाले नयाँ विधानलाई संसोधन सहित पारित गर्ने तयारी गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले असहमति जनाएका बुँदालाई हटाएर नयाँ विधान तयार पारिएकाले साधारणसभाले पारित गर्ने विधानलाई आईसीसीले मान्यता दिँदै नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । निलम्बन हट्ने सुनिश्चितता भए हदैसम्म लचिलो भएर विधान पारित गर्न तयार रहेको प्याकुरेलले बताउनुभयो ।क्यानको साधारणसभाले सहमति बमोजिम विधान पारित गरे आईसीसीले आगामी जुन महिनामा हुने वार्षिक साधारणसभामा क्यानको निलम्बन फुकुवा गर्ने प्रस्ताव लैजाने बताइसकेको छ । आज ११ बजेदेखि सुरु हुने साधारणसभा भोलि सकिनेछ ।

Share.

Leave A Reply