चैत्र १०, स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीका लागि तयारी सुरु भएको छ । मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि वडा अध्यक्ष र सदस्यका लागि उम्मेदवारी दिन चाहनेहरुले परामर्श थालेका छन् ।
यदि तपाईं पनि उम्मेदवार बन्ने सोचमा हुनुहुन्छ भने आवश्यक योग्यताका बारेमा जानकार हुनुपर्नेछ ।
उम्मेदवार हुनका लागि नेपाली नागरिकताको प्रमाणपत्र चाहिन्छ । साथै तपाईंको उमेर २१ बर्ष पूरा भएको हुनुपर्नेछ ।
साथै मतदाता नामावलीमा नाम हुनुपर्नेछ । यसका साथै सबैभन्दा महत्वपूर्ण तपाईंको मतदाता नामावली जुन स्थानीय तहमा छ, त्यहाँ मात्र चुनाव लड्न पाउनुहुन्छ ।