वैशाख ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारी मनोनयनको विषयलाई टुंगो लगाउने योजनामा रहनुभएको छ । आफ्ना केन्द्रिय सदस्यको निधनपछि विचमै रोकिएको नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको वैठक सुरु हुने पूर्व सन्ध्यामा सभापति देउवा पदाधिकारी मनोनयन टुङगाउने मनस्थितिमा रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।सभापति देउवाले बाँकी रहेका पदाधिकारी मनोनयन गरी केन्द्रीय समितिबाट पारित गराउन प्रस्ताव पेस गर्ने तयारी गरेको उहाँ निकटका नेताहरुले वताएका छन । केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रम सकिएपछि अन्तिममा पदाधिकारीको सूची पेस गर्ने तयारीमा उहाँ रहेको वताइएको छ ।देउवाले विधानतः उपसभापति, एक महामन्त्री र सहमहामन्त्री मनोनयन गर्न सक्नुहुनेछ । नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको वैठक भोलीवाट सुरु हुनेछ ।
कांग्रेस केन्द्रीय समिति बैठक भोलिदेखि
0
Share.