वैशाख ०५,
नेपालको विकासबारे भारतसँग उच्चस्तरीय समझदारी रहेको चिनियाँ विदेशमन्त्री वाङ्ग यीले बताउनुभएको छ । चीन र भारतप्रति समान व्यवहार गर्ने नेपाली निर्णयको प्रशंसा गर्दै वाङ्गले दुवै देशबाट नेपालले राम्रै लाभ लिन सक्ने बताउनुभयो । बेईजिङमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रीले नेपालको विकासका लागि यसअघि भएका सम्झौता सहमति कार्यान्वयनका लागि गम्भीर रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध नयाँ प्रारम्भिक बिन्दुमा पुगेको बताउनुभएको थियो । दुवैपक्ष आपसी विश्वास तथा पूर्वाधार, व्यापार, पर्यटन, संस्कृति सहितका विभिन्न क्षेत्रमा मिलेर काम गर्न तयार रहेको बताउँदै तातोपानी नाका सञ्चालनका लागि चिनियाँ पक्षसँग कुराकानी भएको जानकारी दिनुभएको थियो ।
यसैबीच
नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोड (ओबर) मार्फत क्रस(हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ । वाङ सँगको भेट अघि ज्ञवालीले चिनियाँ उपराष्ट्रपति वाङ छिसानसँग भेटवार्ता गर्नुभएको थियो ।
नेपालको विकासबारे भारतसँग उच्चस्तरीय समझदारीः चिनियाँ विदेशमन्त्री यी
0
Share.