play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

लुकास पोडोल्स्कीको सुखद बिदाइ, अन्तिम खेलमा इंगल्याण्ड विरुद्ध विजयी गोल

0

चैत १० । मैत्रिपूर्ण फुटबलको एक खेलमा जर्मनीले इंग्लण्डलाई पराजित गरेको छ ।

आज बिहान  जर्मनीको डर्टमण्डमा सम्पन्न  भएको खेलमा घरेलु टोली १-० ले विजयी भएको हो । खेलमा जर्मनीलाई विजयी गराउन लुकास पोडोल्स्कीले निर्णायक गोल गरेका हुन् ।

जर्मनीको राष्ट्रिय टोलीका लागि खेलेको अन्तिम खेलमा पोडोल्स्कीले आकर्षक गोल गरेका हुन् ।

जर्मनीको जितसँगै इंग्लण्डका अन्तरिम प्रशिक्षक ग्यारेथ साउथगेटले पहिलो हार व्यहोरेका छन् । यसअघिका चार खेलमा साउथगेट अपराजित थिए ।

राती भएका अन्य मैत्रिपुर्ण खेलहरुमा चेक गणतन्त्रले लिथुआनियालाई ३-० ले हराँउदा साईप्रसले काजखस्तानलाई ३-१ ले पराजित गर्‍यो ।

यसैगरी स्कटल्याण्ड र क्यानाडाले एक एक गोलको बराबरी खेलेका छन् ।

 

Share.

Leave A Reply