play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

नयाँ किरणको स्वर्ण महोत्सवमा मूलाको साग र जोगिन्दरले हँसाए, मिलन र दुर्गाले नचाए

0

विमल पौडेल
वैशाख ४,
नयाँ किरण माध्यमिक विद्यालय भरतपुर ११ भोजाडको स्वर्ण महोत्सवको अवसरमा आयोजित हास्यप्रहसन सहितको बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा सुरेन्द्र के सी ९मुलाको साग० र शिवशङ्कर रिजाल ९जोगिन्दर० ले विशेष हास्य प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख आकर्षण लोकदोहोरी नायक मिलन लामाले माझी दाइ पोखरा फेवातालको र घरमा पराल बारीमा बन्सो र गल्कोटे साइलो लगायतका आफ्ना चर्चित गीतहरु सुनाएका थिए । कार्यक्रममा लोकदोहोरी गायिका दुर्गा सापकोटाले आफ्ना बिभिन्न गीतहरु सुनाएकी थिइन् । मिलन लामा र दुर्गा सापकोटाको प्रत्यक्ष दोहोरीमा दर्शकहरु झुमेका थिए । साँस्कतिक कार्यक्रममा स्थानीय गायक अश्विन घिमिरे तथा कलाकार महेन्द्र गौलीको बिशेष प्रस्तुति रहेको थियो । त्यस्तै विद्यालयका विद्यार्थी तथा पूर्व विद्यार्थीका उत्कृष्ट नृत्यले कार्यक्रमलाइ थप रौनकता प्रदान गरेको थियो । यसअघि साँस्कृतिक कार्यक्रमको अउपचारिक उद्घाटन समारोह विद्यालयलाई सर्वाधिक दान गर्ने व्यक्तित्व कमल मल्ल र उहाँकी धर्मपत्नी कुसुम मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे सभापति रहनुभएको कार्यक्रममा विद्यालयका सल्लाहकार व्यवस्थापन समितिका सदस्यहरु पूर्व पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा विद्यालयलाई स्वर्ण महोत्सवका अवसरमा रु ५० हजार देखि २ लाख सम्म दान दिने दाताहरुलाई सम्मान समेत गरिएको साँस्कृतिक उपसमितिका संयोजक कृष्ण सुदामाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply